त्रिभुवन र गौतमबुद्ध विमानस्थलबाहेक अन्य स्थानमा मनिचेन्जरको इजाजत दिन बन्द

भक्तपुर न्यूज

१४ असोज २०७९ ११:११

त्रिभुवन र गौतमबुद्ध विमानस्थलबाहेक अन्य स्थानमा मनिचेन्जरको इजाजत दिन बन्द

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाहेक अन्य स्थानमा मनिचेन्जरको इजाजत दिन बन्द गरिएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार अर्को व्यवस्था नभएसम्म अन्तर्राष्ट्रिय विमानस्थल बाहेकका स्थानमा मनिचेन्जरको नयाँ इजाजत प्रदान गर्ने सम्बन्धी कार्य बन्द गरिएको हो ।

विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ मा संशोधन गरिएको हो ।

प्रकाशित मितिः २०७९ असोज १४ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय