गुलरियामा ट्र्याक्टरले किच्दा ५ वर्षका बालकको मृत्यु

भक्तपुर न्यूज

१४ असोज २०७९ ९:५६

गुलरियामा ट्र्याक्टरले किच्दा ५ वर्षका बालकको मृत्यु

बर्दिया । गुलरिया नगरपालिका-९ मथुरामा आज ट्र्याक्टरले किच्दा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय रामदयाल लोधका ५ वर्षीय छोरा उमेश लोध रहेका छन्।

मकैबारी जोत्ने क्रममा खेलिरहेका बालकलाई ट्र्याक्टरले आज बिहान ९ बजे किचेको थियो। गम्भीर घाइते भएका बालकको उपचारको क्रममा नर्सिङ होम नेपालगञ्जमा मृत्यु भएको हो।

ट्र्याक्टर चालक फरार भएकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय मथुराले जानकारी दिएको छ।

प्रकाशित मितिः २०७९ असोज १४ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय