काठमाडौं । बलिउड स्टार अजय देवगन, तब्बु र श्रेया सरनको मुख्य भूमिका रहेको फिल्म ‘दृश्यम २’ को टिजर सार्वजनिक भएको छ। सन् २०१५ मा रिलिज भएको ‘दृश्यम’को दोस्रो श्रृंखलामा फेरि एक पटक तब्बुका छोराको हत्या प्रकरण खुलेको छ।
जसमा विजय सालगाउँकर (अजय) र उनको परिवार फेरि प्रहरीको निशानामा आउने देखिएको छ। १ मिनेट २२ सेकेण्डको टिजरमा विजयले भिडियो रेकर्ड गरेर आफ्नो अपराध स्वीकार गरेको देखिन्छ। निर्देशक अभिषेक पाठक निर्देशित चलचित्र अक्टोबर १८ मा रिलिज हुने भएको छ।
प्रकाशित मितिः २०७९ असोज १३ बिहिबार
Comments