स्थगित भरतपुरको मतगणना सुरु
चितवन, १३ जेठ । विवादका कारण स्थगित भएको भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । वडा नं। १७ को मत गन्ने क्रममा अर्धकट्टीसहितको एक सय २५ वटा मतपत्र भेटिएपछि विवाद भएको थियो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानका दिन अर्धकट्टीसहित मतदान भएको जनाउँदै निर्वाचनस्थलबाट मुचुल्कासमेत गरिएको थाहा भएपछि पुनः रुजु गरेर मतगणना सुरु गरिएको हो ।
वडा नं १७ को १हजार २ सय मत गणना गर्दा १ सय २५ मत अर्धकट्टिसहित भेटिएको छ । उक्त मतपत्रमा सात छाप नै एमालेको रहेको छ । २५ मतमा भने अर्धकट्टिसहित स्टिच लगाइएको पाइएको थियो । अर्धकट्टीसहितको मतपत्र भेटिएपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले अर्धकट्टीलाई बदर गर्नुपर्ने माग गर्दै विरोध गरेका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३