अर्धकट्टीसहितको मतपत्र भेटिएपछि भरतपुरमा विवाद

भक्तपुर न्यूज

१३ जेठ २०७४ ४:४७

अर्धकट्टीसहितको मतपत्र भेटिएपछि भरतपुरमा विवाद

काठमाडौं, १३ जेठ । भरतपुर महानगरपालिका, चितवनको जारी मतगणना स्थगित भएको छ । गणनाका क्रममा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि गणना रोकिएको हो ।

वडा नंं १७ को मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि दलहरुले यसको छानबिन हुनुपर्ने माग गरेका छन् । दलहरुबीच अर्धकट्टीको विवाद भएपछि दल र आयोगका प्रतिनिधि अहिले गणना रोकेर विवाद मिलाउने प्रयास गरिरहेका छन् ।
भरतपुरको जारी मतगणनामा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले अग्रता लिइरहेका छन् । देवीले ३७ हजार १ सय १८ मत ल्याउँदा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहाल ३५ हजार ५ सय १८ मतका साथ पछ्याइरहेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *