फिफा वल्र्डकपलाई लक्षित गर्दै कतारले भिजिट भिसा बन्द गर्ने

भक्तपुर न्यूज

७ असोज २०७९ १०:०१

फिफा वल्र्डकपलाई लक्षित गर्दै कतारले भिजिट भिसा बन्द गर्ने

काठमाडौं । फिफा वल्र्डकपलाई लक्षित गर्दै कतारले केही समयको लागि भिजिट भिसा बन्द गर्ने जनाएको छ । गृहमन्त्रालयले बुधबार आयोजित पत्रकार सम्मेलनमा १ नोभेम्बरदेखि डिसेम्बर २३ सम्म भिजिट भिसा बन्द रहने जानकारी दिएको हो ।

उक्त समयमा फुटबलको रौनक ह्वात बढ्ने हुँदा हय्या कार्ड हुने पर्यटकले मात्र कतार प्रवेश गर्न पाउने जानकारी दिइयो । हय्या कार्ड हुनेहरूले हवाई, स्थल र सामुद्रिक सीमानाबाट प्रवेश पाउने छन् ।

यस निर्णयबाट कतार बाहिर रहेका कतारी नागरिक र कतारी आइडी भएका सबै यात्रु, वर्क परमिट भिसा भएका नयाँ कामदार र कतार सरकारको आधिकारिक स्वीकृतिमा आउने यात्रु तथा पाहुनामा कुनै असर पार्ने छैन ।

खेल चलिरहेको बेला पनि यी यात्रुहरू कतार आउन जान सक्ने मन्त्रालयले जनाएको छ । हय्या कार्ड भएको व्यक्तिहरू जनवरी २३, २०२३ सम्म कतार बस्न पाउनेछन् ।

प्रकाशित मितिः २०७९ असोज ०७ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय