टुकुचा विवादमा प्रमाण झिकाउने उच्च अदालतको आदेश

भक्तपुर न्यूज

५ असोज २०७९ १२:३२

टुकुचा विवादमा प्रमाण झिकाउने उच्च अदालतको आदेश

काठमाडौं । काठमाडौंको टुकुचा खोलाको अतिक्रमण हटाउने सम्बन्धी विवादमा बुधबार उच्च अदालत, पाटनले प्रमाण झिकाउने आदेश दिएको छ।

उच्च अदालतका न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले ‘प्रमाण मिसिल झिकाउने’ आदेश दिएको हो। यसअघि अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो।

काठमाडौं महानगरपालिकाले टुकुचा खोला खोज्न भन्दै काठमाडौंको हात्तीसार क्षेत्रमा खन्न शुरू गरेको थियो। त्यसको विरोधमा प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिको तर्फबाट निर्देशक भोला विक्रम थापा लगायत तीन जनाले साउन ३१ गते उच्च अदालतमा रिट दायर गरेका थिए।

असोज २ गते त्यसमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपेन्द्रबहादुर बमको एकल इजलासले अन्तरकालीन अन्तरिम आदेश दिएको थियो। त्यससँगै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो। आज भएको छलफलपछि प्रमाण झिकाउने आदेश दिएको पाटन उच्च अदालतले जनाएको छ।

प्रकाशित मितिः २०७९ असोज ०५ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय