राष्ट्रपतिको कदमबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए बालुवाटारमा कानुनविद्

भक्तपुर न्यूज

५ असोज २०७९ १०:०१

राष्ट्रपतिको कदमबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए बालुवाटारमा कानुनविद्

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे प्रधानमन्त्री शेरबहाखुर देउवाले कानुनविद्‌हरुसँग परामर्श गर्ने भएका छन् ।

त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो साढे ३ बजे कानुनविद्हरूलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । उनका अनुसार १५/२० जना कानुनविद्हरुकाे प्रधानमन्त्री देउवाले छलफल गरी सुझाव लिनेछन् ।

यसअघि सत्तारुढ गठबन्धनमा रहेका चार राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गरी नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गरिसकेको छ ।

प्रकाशित मितिः २०७९ असोज ०५ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय