बेलायतको मुद्रा ३७ वर्षयताकै कमजोर स्थितिमा, मुद्रास्फीति दर कति ?

भक्तपुर न्यूज

४ असोज २०७९ १०:३९

बेलायतको मुद्रा ३७ वर्षयताकै कमजोर स्थितिमा, मुद्रास्फीति दर कति ?

काठमाडौं । बेलायतको मुद्रा पाउन्ड स्ट्रेलिङ ३७ वर्षयताकै कमजोर स्थितिमा रहेको छ। पाउन्ड स्ट्रेलिङ अमेरिकी डलर र युरोको तुलनामा निकै कमजोर बनेको हो। गत शुक्रबार प्रकाशित तथ्यांकअनुसार आधारमा पाउन्ड स्ट्रेलिङ सन् १९८५ यताकै न्यून विन्दुमा झरेको छ।

अमेरिकी डलरको तुलनामा पाउन्ड १५ प्रतिशत र युरोको तुलनामा १२ प्रतिशतले कमजोर भएको छ। बेलायतकी नयाँ प्रधानमन्त्री लिज ट्रसले ग्यासमा सर्वसाधरण र व्यापारीलाई सहुलियत दिने घोषणा गरेकी थिइन्। हाल इन्धनको मूल्यवृद्धिले बेलायतको अर्थतन्त्रमा १५० बिलियन पाउन्ड थप लागत बढेको छ।

बेलायतको अर्थतन्त्रमा इन्धन तथा जिन्सी सामानको निर्यातभन्दा आयातको हिस्सा बढ्दो छ। इन्धनको लागत बढ्दा बेलायतको मुद्रा कमजोर बनेको छ। यसअघि नै बैंक अफ इंग्ल्यान्डले मुद्रास्फीति नियन्त्रण गर्न भन्दै ब्याजदर बढाएको थियो। हाल बेलायतमा मुद्रास्फीति दर ९.९ प्रतिशत पुगेको छ।

प्रकाशित मितिः २०७९ असोज ०४ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय