मिडफिल्डर जेम्स पहिलो पटक वेल्सको टोलीमा

भक्तपुर न्यूज

४ असोज २०७९ ४:३२

मिडफिल्डर जेम्स पहिलो पटक वेल्सको टोलीमा

काठमाडौं । युवा मिडफिल्डर जोर्डन जेम्स पहिलो पटक वेल्सको सिनियर टोलीमा परेका छन् ।

नेसन्स लिग फुटबलका लागि वेल्सले १८ वर्षे मिडफिल्डरलाई टोलीमा राखेको हो । वेल्सले नेसन्स लिग फुटबलमा बेल्जियमसँग २२ सेप्टेम्बर र पोल्याण्डसँग २५ सेप्टेम्बरमा खेल्नेछ ।

जोइ एलनले चोट बोकेपछि युवा मिडफिल्डरले सिनियर टोलीमा मौका पाएका हुन् ।

बिर्मिनघम सिटीका मिडफिल्डर जेम्सले गत हप्ता इंग्ल्यान्डको यू-२० टोलीबाट खेलेका थिए । उनी वेल्सको यू-२१ टोलीमा समेत अटाएका थिए । एजेन्सी

प्रकाशित मितिः २०७९ असोज ०४ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय