सर्वोच्च र प्रधानन्यायाधीश निवासमा पुग्यो मानवअधिकार आयोगको टोली
काठमाडौं । सर्वोच्च अदालत र प्रधानन्यायाधीशको निवासमा मानवअधिकार आयोगको टोली पुगेको छ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बालुवाटारस्थित निवासबाट बाहिर निस्कन नदिइएको भन्ने विषयमा बुझ्न आयोगको टोली बालुवाटार पुगेको हो।
आयोगका प्रवक्ता सहसचिव टीकाराम पोखरेलको नेतृत्वमा मानवअधिकार आयोगको टोली सर्वोच्च र प्रधानन्यायाधीश निवासमा खटाएको आयोगकी आयुक्त लिली थापाले जानकारी दिइन्।
जबराले आज सर्वोच्च फर्कने तयारी गरेपछि बालुवाटारस्थित प्रधानन्यायाधीश निवासमा सरकारले सुरक्षाकर्मी खटाएको थियो। महाभियोग सिफारिस समितिले महाभियोग लगाउनुपर्ने निष्कर्षसहितको प्रतिवेदन संसद सचिवालयमा बुझाएपछि जबराले सर्वोच्च फर्कने तयारी गरेका थिए।
प्रकाशित मितिः २०७९ असोज ०२ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
