नयाँ बानेश्वर क्षेत्रका अनिधिकृत संरचनामा महानगरपालिकाले चलायो डोजर

भक्तपुर न्यूज

३१ भदौ २०७९ ९:०६

नयाँ बानेश्वर क्षेत्रका अनिधिकृत संरचनामा महानगरपालिकाले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अनिधिकृत संरचना हटाउन डोजर चलाएको छ । सिमा मिचेर बनाइएका संरचना र पसल हटाउन महानगरपालिकाले डोजर चलाएको हो । बैंक अफ काठमाडौं रहेको सुर्या उजेली भवनको बेसमेन्ट खुलाउन डोजर चलाएको हो ।

महानगर प्रहरीका अनुसार यसअघि नै सो भवनमा बेसमेन्ट खुलाउनको लागि सूचना गरिएको थियो । तर अटेर गरेपछि शुुक्रबार लगाइएको प्रहरीले जनाएको छ । त्यस्तै थापागाँउका अनिधिकृत संरचना हटाउँदै साघँुरा गल्लीहरुलाई ठूलो बनाइएको छ । महानगरपालिकाले अनिधिकृत संरचना हटाउने अभियान चलाउँदै आएको छ ।

प्रकाशित मितिः २०७९ भदौ ३१ शुुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय