पाकिस्तानलाई २ करोड बराबरको राहत सामग्री सहयोग गर्ने सरकारको निर्णय

भक्तपुर न्यूज

२७ भदौ २०७९ ११:५६

पाकिस्तानलाई २ करोड बराबरको राहत सामग्री सहयोग गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले बाढीको चपेटामा परेको पाकिस्तानलाई सहयोग गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत पाकिस्तानलाई २ करोड बराबरको राहत सामग्री सहयोग गर्ने निर्णय भएको जानकारी दिएको हो ।

‘ बाढीबाट प्रभावितहरुको लागि नेपाल सरकारको तर्फबाट सहायतास्वरुप पाकिस्तान सरकारलाई २ करोड रुपैयाँ बराबरको राहत सामग्रीहरु प्रदान गर्ने नेपाल सरकार मन्त्रिपरिषद् बाट मिति २०७९/०५/२१ गते निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

सरकारले पाकिस्तानमा आएको बाढीबाट धनजनको क्षतिप्रति दुःखसमेत व्यक्र गरेको छ । सरकारले उक्त विपद्मा परी मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

प्रकाशित मितिः २०७९ भदौ २७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय