बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्तिम संस्कार अर्काे हप्ता गरिने
काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्तिम संस्कार सेप्टेम्बर १९ तारिख अर्थात आउँदो असोज ३ गरिने भएको छ । वेस्टमिन्स्टर एबीमा अन्तिम संस्कार गर्नुअघि पार्थिव शरीरलाई चार दिन श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।
नागरिकलाई पनि शवपेटिका हेर्न दिइने भएको छ । महारानीको राजकीय अन्तिम संस्कारमा परिवार र आफन्तसहित राजनीतिक नेता र विश्वका शीर्ष नेताहरू सहभागी हुनेछन् ।
सेप्टेम्बर १९ का दिन बेलायतमा सार्वजनिक बिदा घोषणा गरिएको बीबीसीले जनाएको छ । राजा चार्ल्स तृतीयले अन्तिम संस्कारको दिन बिदा दिइने पुष्टि गरेको थियो । महारानी एलिजाबेथको गएको बिहीवार ९६ वर्षको उमेरमा निधन भएको थियो ।
प्रकाशित मितिः २०७९ भदौ २६ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
