सन्दीपलाई कप्तानबाट निलम्बन गर्ने क्यानको तयारी

भक्तपुर न्यूज

२२ भदौ २०७९ ८:४२

सन्दीपलाई कप्तानबाट निलम्बन गर्ने क्यानको तयारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी गरेको छ। सन्दीपविरुद्ध एक किशोरीले मंगलबार बलात्कारको उजुरी दिएपछि क्यानले सन्दीपलाई निलम्बन गर्ने तयारी गरेको हो।

प्रहरी अनुसन्धानमा सहयोग गर्न र अन्तर्राष्ट्रिय अभ्यास अनुसार सन्दीपलाई निलम्बन गर्ने तयारी गरिएको क्यानका एक उच्च अधिकारीले थाहाखबरलाई जानकारी दिए।

सन्दीप अहिले क्यारेबियन क्रिकेट लिग खेल्नका लागि वेस्ट इन्डिजमा छन्। केन्या भम्रणबाट सन्दीप सिधै वेस्ट इन्डिज गएका थिए। केन्याबाट नेपाली टोली भने आज नेपाल फर्किएको छ।

प्रकाशित मितिः २०७९ भदौ २२ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय