म्यानमारकी नेतृ सुकीलाई थप तीन वर्ष जेल, हालसम्म २० वर्षको जेल सजाय

भक्तपुर न्यूज

१७ भदौ २०७९ ८:१७

म्यानमारकी नेतृ सुकीलाई थप तीन वर्ष जेल, हालसम्म २० वर्षको जेल सजाय

काठमाडौं । म्यान्मारको सेनाको नियन्त्रणमा रहेको एक अदालतले निर्वाचित नेत्री आङ सान सू चीलाई थप तीन वर्षको कैद सजाय सुनाएको छ । सन् २०२० मा भएको निर्वाचनमा धाँधली गरेको आरोपमा उनलाई कैद सजाय दिइएको हो ।

शुक्रवार दिइएको यस सजायपछि सू चीलाई अहिलेसम्म कुल २० वर्षको कैद सजाय सुनाइएको छ । अन्य अभियोगहरूमा उनलाई १७ वर्षको सजाय यसअघि नै दिइसकिएको छ ।

राष्ट्रपति यु विन मीन्ट र सू ची सरकारका मन्त्री यु मिन थुलाई तीन वर्षको सश्रम कैद सजाय दिइएको छ । उनीहरूलाई पनि निर्वाचनमा धाँधली गरेको आरोप थियो ।

सू चीको नेसनल लीग फर डेमोक्रेसी पार्टीले सन् २०२० मा प्रचण्ड बहुमतका साथ निर्वाचन जितेको थियो । तर सेनाले सन् २०२१ को फेब्रुअरीमा कू गरेर सत्ता हातमा लियो । निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै उसले कू गरेको थियो । एजेन्सी
एजेन्सी

प्रकाशित मितिः २०७९ भदौ १७ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय