श्रीलंका र आईएमएफ बीच २ अर्ब ९० करोड डलर कर्जाबारे सम्झौता

भक्तपुर न्यूज

१६ भदौ २०७९ ८:३९

श्रीलंका र आईएमएफ बीच २ अर्ब ९० करोड डलर कर्जाबारे सम्झौता

काठमाडौं । श्रीलंका र बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) बीच कर्जा सम्झौता भएको छ । श्रीलंकालाई ४८ महीनाको लागि २ अर्ब ९० करो डलर बराबरको कर्जा विस्तार गर्नेबारे प्रारम्भिक सम्झौतामा पुगेको छ ।

यो कर्जा भुक्तानी असन्तुलन वा नगद प्रवाहको समस्या भोगिरहेका देशहरुलाई कोषले कर्जा उपलब्ध गराउने कार्यक्रम विस्तारित कोष सुविधा अन्तर्गत दिन लागिएको हो ।

श्रीलंकाले अहिले चरम आर्थिक संकटको सामना गरिरहेको छ । यो वर्ष श्रीलंकाको अर्थतन्त्र ८ दशमलव ७ प्रतिशतले खुम्चने अपेक्षा गरिएको छ । महँगी बढेर ६० प्रतिशतमाथि उक्लिने बताइएको छ ।

कोषले श्रीलंकाली अर्थतन्त्रलाई स्थीर बनाउन, त्यहाँका सर्वसाधारणहरुको जीविकाको सुरक्षा गर्न र आर्थिक पुनःबहाली र दिगो तथा समावेशी आर्थिक वृद्धिदरको जग तयार गर्न सो सहयोग गरेको बताइएको छ । यो कर्जा कोषको व्यवस्थापन र कार्यकारी समितिले पारित गर्नु पर्नेछ । एजेन्सी

प्रकाशित मितिः २०७९ भदौ १६ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय