गाडीलगायत १० वस्तुको आयात प्रतिबन्ध अझै लम्बिने

भक्तपुर न्यूज

१४ भदौ २०७९ ११:५९

गाडीलगायत १० वस्तुको आयात प्रतिबन्ध अझै लम्बिने

काठमाडौं । गत वैशाखदेखि जारी विलासीता तथा अतिरिक्त वस्तुहरुको आयात प्रतिवन्ध अझै लम्बिने भएको छ । सरकारले गत वैशाख १३ गतेदेखि गाडीलगायत सुर्तीजन्य तथा मदिराजन्य वस्तु, खेलौना, लेज, कुर्मुरे, कस्मेटिक सामग्री लगायतका १० प्रकारका वस्तुहरुको आयात प्रतिवन्ध लगाएको थियो । सोही प्रतिवन्ध थप कायम हुने भएको हो ।

यसअघि जेठ १३ गतेसम्मका लागि यी वस्तुहरुको आयातमा एलसी प्रतिवन्ध लगाएकोमा थप प्रतिवन्ध लम्ब्याउँदै सरकारले भदौ १४ गते (आजसम्म) सारेको थियो । तत्कालका लागि प्रतिबन्धित आयात खुल्ला गर्ने स्थिति नरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । तर, कहिलेसम्म यस्तो प्रतिवन्ध जारी रहन्छ, सो भने मन्त्रालयले खुलाएको छैन ।

प्रकाशित मितिः २०७९ भदौ १३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय