बढ्यो सुन पाँच सयले
काठमाडौं, ९ जेठ । सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ५४ हजार ५ सय रुपैयाँ रहेको सुन आज ५ सय रुपैयाँले बढेर ५५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य मा पनि १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन ७ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर ७ सय ७० मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
