प्रधानमन्त्री दाहालले आज राजीनामा दिंदै

भक्तपुर न्यूज

९ जेठ २०७४ ४:३९

प्रधानमन्त्री दाहालले आज राजीनामा दिंदै

काठमाडौं , ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज पदबाट राजीनामा दिदै छन् । दाहालले व्यवस्थापिका संसदलाई विशेष सम्बोधन गर्दै राजीनामाको घोषणा गर्ने भएका हुन् । प्रधानमन्त्री दाहालले १ बजे सम्बोधन गर्ने कार्यक्रम संसद सचिवालयले जनाएको छ ।
सरकार गठनका क्रममा भएको समझदारी अनुसार नै माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न लागेका हुन् ।
अब कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *