अनलाइन फुड डेलिभरी कम्पनी भोजमाण्डूको नयाँ लोगो सार्वजनिक

भक्तपुर न्यूज

१ भदौ २०७९ १०:५८

अनलाइन फुड डेलिभरी कम्पनी भोजमाण्डूको नयाँ लोगो सार्वजनिक

काठमाडौं । अनलाइन फुड डेलिभरी कम्पनी भोजमाण्डूको नयाँ लोगो सार्वजनिक भएको छ । रिब्रान्डिङ गर्न लागेको भोजमाण्डुले पहिलो चरणमा लोगो सार्वजनिक गरेको हो ।

भोजमाण्डूले आफ्नो सेवामा अझ सुधार र गुणस्तरमा विशेष ध्यान दिएर अगाडि बढ्ने भोजमाण्डुका संस्थापक सुनिल यादवले बताए ।

यससँगै भोजमाण्डु एपमा पनि आकर्षक फिचरहरु पनि आउने कम्पनीले जानकारी दिएको छ । अहिले भोजमाण्डूले काठमाणडौँमा बिहान ११ बजे देखि राति २ बजेसम्म सेवा प्रदान गरिरहेको छ ।

अब छिट्टै बिहान १० बजे देखि राति ३ बजेसम्म सेवा विस्तार गर्ने योजना रहेको छ । भोजमाण्डुले काठमाण्डौं बाहेक वीरगंज र कलैयामा समेत आफ्नो सेवा विस्तार गरेको छ ।

प्रकाशित मितिः २०७९ भदौ ०१ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय