प्रिमियर लिगमा आज ७ खेल हुँदै

भक्तपुर न्यूज

२८ साउन २०७९ ८:०१

प्रिमियर लिगमा आज ७ खेल हुँदै

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज शनिबार विभिन्न ७ खेलहरु हुँदैछन् ।

प्रिमियर लिगको दोस्रो चरण अन्तर्गत शनिबार ७ खेल हुनेछ । जसमा म्यानचेस्टर सिटी, आर्सनल, म्यानचेस्टर युनाईटेड लगायतको टिमले प्रतिस्पर्धा गर्ने छन् ।

साविक विजेता सिटीले घरेलु मैदानमा बर्नेमाउथसँग खेल्नेछ । खेल बेलुका ७:४५ बजे सुरु हुनेछ ।

आज सिटी लगातार दोस्रो जितको खोजीमा हुनेछ । बर्नेमाउथ पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

आर्सनलले घरेलु मैदानमा लेस्टर सिटीको सामना गर्नेछ । खेल बेलुका ७:४५ बजे सुरु हुनेछ ।

 आर्सनल लगातार दोस्रो जितको खोजीमा हुनेछ । लेस्टर भने पहिलो जित निकाल्न चाहन्छ ।

म्यानचेस्टर युनाईटेडले ब्रेन्टफोर्डको सामना गर्नेछ खेल । यस खेल राति १०:१५  बजे सुरु हुनेछ ।

युनाईटेड पहिलो जितको खोजीमा हुनेछ । ब्रेन्टफोर्ड पनि पहिलो जित निकाल्न चाहन्छ ।

यस्तै अन्य खेलमा एभर्टनले एस्टन भिल्लासँग खेल्नेछ ।

ब्राइटनले न्युकासलसँग खेल्दा लिड्सले साउथह्याम्पटनको सामना गर्नेछ ।

अर्को खेलमा उल्भ्स र फुलहमबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय