काठमाडौं । गृह मन्त्रालयले मिटरब्याजी पीडितहरूलाई भदौ ५ गतेभित्र उजुरी दर्ता गर्न आग्रह गरेको छ ।
मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध आआफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा भदौ ५ गतेभित्र बढी तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न मिटर ब्याजपीडितहरूलाई आग्रह गरेको हो ।
मिटरब्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा शुक्रबार गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न कार्यदल गठन गरिएको थियो ।मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध आ—आफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा भदौ ५ भित्र यथासम्भव बढी तथ्य प्रमाण सहित उजुरी दर्ता गर्न आग्रह गरिएको कार्यदल संयोजक डाक्टर भीष्मकुमार भूसालले जानकारी दिए ।
तराईका अधिकांश जिल्लाहरूमा रहेको गुनासो प्राप्त भएको भएतापनि देशैभरी मिटरब्याजीको जालो फैलिएको हुन सक्ने अनुमान गरिएको छ ।
प्रकाशित मितिः २०७९ साउन २८ शनिबार
Comments