मध्यपुर थिमि नपा–६ मा काँग्रेसका प्रजापतिका टिम विजयी
भक्तपुर ७ जेठ । मध्यपुर थिमी नगरपालिका वडा नं. ६ मा काँग्रेसको टिम विजयी भएको छ । वडा नं. ६ मा काँग्रेसका इन्द्र बहादुर प्रजापतिले १ हजार २ सय १० मत प्राप्त गरी विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्णमान प्रजापतिले ५ सय ५६ मत र एमालेका दिलकृष्ण खास प्रजापतिले ५ सय ५५ मत पाएर दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
काँग्रेसकी महिला सदस्य अरुणा कारंजित, दलित महिला सदस्य सीता विश्वकर्मा, खुला सदस्यद्वयमा काँग्रेसका हरिदास प्रजापति र भजराम खड्का विजयी भएका छन् ।
मेयरमा एमालेका मदनसुन्दर श्रेष्ठले ९ हजार ७ सय ९९ मत पाएर अग्रस्थानमा कायम नै रहेका छन् । काँग्रेसका अष्ट कवेंले ७ हजार ९ सय ६४ मत र माओवादी केन्द्रकी प्रतिमा श्रेष्ठले ६ सय ६८ मत पाएर दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
त्यस्तै, उप मेयरमा भने काँग्रेसकी अन्जना मधिकर्मी ८ हजार ५० मत पाएर अग्रस्थानमा रहेकी छिन् । नेमकिपाका केदार खड्काले ५ हजार ३ सय २ र माओवादी केन्द्रकी सुचित्रा श्रेष्ठले १ हजार १ सय २३ मत प्राप्त गरेर दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।