सूर्यबिनायक–१० मा एमालेका राउतका टिम विजयी
भक्तपुर ७ जेठ । सूर्यबिनायक नगरपालिका वडा नं. १० मा एमालेको टिम विजयी भएको छ । वडा नं. १० मा एमालेका शिवराम राउतको पूरै टिम विजयी भएको छ ।
वडा अध्यक्षमा एमालेका राउतले १ हजार २० मतले जितेका छन् । उनको प्रतिद्वन्दी राप्रपाका भगवान थापाले ६ सय ३५ र नेमकिपाका पाण्डव सुवालले ५ सय ३ मत पाएका छन् ।
त्यस्तै महिला वडा सदस्यमा गीता देउजा, दलित महिला सदस्यमा कमला विक र खुला सदस्यद्वयमा शिवहरि कार्की र शुभद्रा खत्री विजयी भएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
