मत परिणाम आउन बाँकी १६ नगरमध्ये ९ मा एमाले ७ मा कांग्रेसको अग्रता
भक्तपुर ६ जेठ । शनिबार अपरान्हसम्म पहिलो चरणमा निर्वाचन भएका २५५ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ। चार महागरसहित १ उपमहानगर, १६ नगरपालिका र पाँच गाउँपालिकाको मतपरिणाम आउन बाँकी छ।
बाँकी रहेका १६ नगरपालिकामध्ये सल्यानको शारदा, सुर्खेतको वीरेन्द्रनगर, काठमाडौंको चन्द्रागिरि, कागेश्वरी मनोहरा, नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ भने एमालेले ललितपुरको महालक्ष्मी, चितवनको कालिका, राप्ती, खैरहनी, काभ्रेको नमोबुद्ध र धुलिखेल, काठमाडौंको तार्केश्वर र बुढानिलकण्ठ, नुवाकोटको बेलकोटगढी, भक्तपुरको सूर्यविनायक, मध्यपुर ठिमी र चाँगुनारायण नगरपालिकामा अग्रता लिएको छ।
यीमध्ये अधिकांश नगरपालिकाको मतगणना अन्तिम अवस्थामा पुगेको छ। शनिबार साँझसम्म धेरै नगरको मत परिणाम सार्वजनिक भइसक्ने निर्वाचन अधिकृतले बताएका छन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३