हेटौंडा कपडा उद्योग : पूरा नहुने सपना देखाउँदै सरकार

भक्तपुर न्यूज

१३ साउन २०७९ ३:४१

हेटौंडा कपडा उद्योग : पूरा नहुने सपना देखाउँदै सरकार

हेटौंडा । नेपाल सरकारकै निर्णयानुसार वर्षाैंअघि ताला लागेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि निजी क्षेत्रलाई दिन सरकार तयार रहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले बताउनु भएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघद्वारा बिहीबार हेटौंडामा आयोजित व्यावसायिक अन्तर्क्रिया कार्यक्रममा यहाँले सो बताउनुभएको थियो ।

मन्त्रीको ‘प्रतिबद्धता’ ले उक्त यद्योग पुनः सञ्चालन होला भन्ने विश्वास स्थानीयलाई भने छैन् ।

सरकारी स्वामित्वको उद्योग पुनः सञ्चालनका लागि निजी क्षेत्रलाई दिन सरकार तयार रहेको र त्यसका लागि आवश्यकता योजना अघि बढिसकेको मन्त्री बडुको दाबी छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय