राष्ट्रिय अनुसन्धानमा ठाडो हस्तक्षेप : भागबण्डा पुर्‍याउन एआईजी थपको गृहकार्य

भक्तपुर न्यूज

१२ साउन २०७९ १:५३

राष्ट्रिय अनुसन्धानमा ठाडो हस्तक्षेप : भागबण्डा पुर्‍याउन एआईजी थपको गृहकार्य

काठमाडौं । गठबन्धन सरकारको हस्तक्षेपको तारो राष्ट्रिय अनुसन्धान विभाग बन्न पुगेको छ ।

निजामति प्रशासन र नेपाल प्रहरीमा एकपछि अर्काे हस्तक्षेप गर्दै आएको सरकारले दलीय भागबण्डा पुर्‍याउन राष्ट्रिय अनुसन्धान विभागमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दी थप्ने गृहकार्य अन्तिम चरणमा पुर्‍याएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागमा प्रधानमन्त्री शेरबहादुर देउवाकै रूचिअनुसार नयाँ एआईजी थप गर्न लागिएको हो ।

आवश्यकताका आधारमा भन्दा नेताहरूको रूचिअनुसार एआईजी पद थप गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय