भक्तपुर नपा–१० मा नेमकिपाका ह्यौमिखाको प्यानल विजयी

भक्तपुर न्यूज

५ जेठ २०७४ १५:५४

भक्तपुर नपा–१० मा नेमकिपाका ह्यौमिखाको प्यानल विजयी

भक्तपुर ५ जेठ । भक्तपुर नगरपालिका वडा नं. १० मा पनि नेपाल मजदूर किसान पार्टीको प्यानल विजयी भएको छ । वडा नं. १० मा नेमकिपाका लक्ष्मी प्रसाद ह्यौमिखाले २ हजार १ सय ६३ मत प्राप्त गरी विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी काँग्रेसका कृष्णकुमार सुवालले ४ सय २३ मत र एमालेका पुण्यराम घटुवले ३ सय ५० मत पाएका छन् ।
नेमकिपाका महिला सदस्य विजयालक्ष्मी शाक्य, दलित महिला सदस्य खाली, खुला सदस्यद्वयमा जितेन्द्र मुंनकर्मी र ज्ञान कुमार मगजु भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *