जबर्जस्ती करणी गरेको आरोपमा दुई कराते प्रशिक्षक पक्राउ

भक्तपुर न्यूज

१० साउन २०७९ ८:०८

जबर्जस्ती करणी गरेको आरोपमा दुई कराते प्रशिक्षक पक्राउ

विराटनगर । जबर्जस्ती करणी गरेको आरोपमा कराते प्रशिक्षक विनोद राउत र सुरज सुवेदीलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । राउत र सुवेदी मोरङ करातेका स्थायी सहायक प्रशिक्षक हुन् ।

सुनसरी घर भई हाल विराटनगरको एक नर्सिङ कलेजमा अध्ययनरत छात्रालाई राउत र सुवेदीले पटकपटक जबर्जस्ती करणी गरेको छात्राले जाहेरी दिएपछि उनीहरुलाई नियन्त्रणमा लिँदै जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए ।

पीडित छात्राले आइतबार आफूलाई राउत र सुवेदीले पटकपटक जबर्जस्ती करणी गरेको उल्लेख गर्दै जाहेरी दिएकी हुन् । त्यही जाहेरीका आधारमा अनुसन्धान भइरहेको उनको भनाइ छ ।

ती छात्रालाई राउत र सुवेदीले पटकपटक होटलमा लगेर जबर्जस्ती करणी गर्दै भिडियो समेत खिचेको र उक्त भिडियो सार्वजनिक गर्ने धम्की दिने गरेको स्रोतको भनाइ छ । तर जाहेरीमा भिडियोबारे उल्लेख नभएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताएका छन् ।

प्रकाशित मितिः २०७९ साउन १० मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय