कांग्रेस आईका नेता राहुल गान्धी दिल्ली प्रहरीको नियन्त्रणमा

भक्तपुर न्यूज

१० साउन २०७९ ८:०५

कांग्रेस आईका नेता राहुल गान्धी दिल्ली प्रहरीको नियन्त्रणमा

काठमाडौं । कांग्रेस आईका नेता राहुल गान्धीलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार संसद भवनदेखि विजय चोकसम्म प्रदर्शनमा सहभागी हुन पुगेका गान्धीलाई प्रहरीले नियन्त्रणमा राखेको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन्।

उनी विजय चोकमा धर्ना बसेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले नियन्त्रणमा लिनुअघि गान्धीले बढ्दो महँगी र बेरोजगारीबारे सरकारलाई खबरदारी गर्नु प्रदर्शनको उद्देश्य रहेको बताएका थिए।

‘महँगी र बेरोजगारीबारे संसदमा बहस गर्न दिइएको छैन र प्रहरीले सडकमा प्रदर्शन गर्नसमेत रोक लगाएको छ,’ गान्धीले भनेका छन्। गान्धीसहित प्रदर्शनमा पुगेका कंग्रेस आईका अन्य सांसद तथा नेता(कार्यकर्तालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मितिः २०७९ साउन १० मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय