मध्यपुर थिमि–५ मा एमाले अगाडि

भक्तपुर न्यूज

५ जेठ २०७४ १३:५८

मध्यपुर थिमि–५ मा एमाले अगाडि

भक्तपुर ५ जेठ । मध्यपुर थिमि नगरपालिकाको मेयर पदमा एमालेको अग्रता कायम नै छ । मध्यपुर थिमि नगरपालिकामा अहिलेसम्मको मत गणना अनुसार एमालेका मदनसुन्दर श्रेष्ठले ६ हजार ९ सय ६९ मत प्राप्त गरेका छन् । त्यस्तैे काँग्रेसका मेयर उम्मेदवार अष्ट कवें ५ हजार ६ सय १९ मत पाएका छन् । माओवादी केन्द्रकी प्रतिमा श्रेष्ठले ३ सय २६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै, उप मेयरमा काँग्रेसकी अन्जना मधिकर्मीले ५ हजार ९ सय ५७, नेमकिपाका केदार खड्काले ३ हजार ८ सय ४० र माओवादी केन्द्रकी सुचित्रा श्रेष्ठले ५ सय ५१ मत प्राप्त गरेका छन् । यसैगरी, बडा नं ५ को वडा अध्यक्षमा पनि एमालले अग्रता लिएको छ । हालसम्म एमालेका अमृतमान श्रेष्ठले ७ सय २४, काँग्रेसका दिलकृष्ण प्रजापतिले ६ सय ७२, र माओवादी केन्द्रका जगतमान प्रजापतिले १ सय ३५ मत पाएका छन् ।मध्यपुर थिमि–५ मा एमाले अगाडि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *