काठमाडौं महानगरपालिकामा शाक्य र जोशीको मत अन्तर बढ्दै

भक्तपुर न्यूज

५ जेठ २०७४ १३:०४

काठमाडौं महानगरपालिकामा शाक्य र जोशीको मत अन्तर बढ्दै

काठमाडौ, ५ जेठ । काठमाडौ महानगरपालिकाको ३४ हजार ६ सय ९८ मतगणना भैसकेको छ । तीनदेखि आठ वडा र २५ देखि ३२ वडाको मत गणना जारी छ । पछिल्लो पटक ३४ जार मतगणना सकिँदा एमालेका तर्फबाट मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई पछि पार्दै अग्रता कायम राखेका छन् । त्यस्तै काठमाडौको उपमेयरतर्फ कांग्रेसका हरिप्रभा खड्गी अगाडि छन् ।

यसैवीच वडानम्बर १ र २ एमालेका उम्मेदवार विजयी भैसकेकका छन् । वडानम्बर २७ मा एक सय मत गन्न बाँकी भएपनि एमालेले आफ्नो जित सुनिश्चित भएपछि विजय र्याली निकालेको छ । सो वडामा वडाध्यक्षका उम्मेदवार चिनियामान वज्राचार्य रहेका छन् ।

काठमाडौ महानगरपलिका अपडेट ः

नेपाली कांग्रेस
राजुराज जोशी मेयर  ७८६८
हरिप्रभा खड्गी उपमेयर १०२४६

नेकपा एमाले
विद्यासुन्दर शाक्य मेयर ११५५९
राजाराम श्रेष्ठ उपमेयर राप्रपा  ६२४६

विवेकशील
रन्जु दर्शना न्यौपाने मेयर ४५२५

साझा पार्टी
किशोर थापा मेयर ३५४६

माओबादी
सर्वोत्तम डंगोल मेयर १३१०
सुशीला पौडेल उपमेयर १७३०


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *