सूर्यबिनायक–६ मा एक खुल्ला सदस्य बाहेक सबैमा काँग्रेस विजयी
भक्तपुर ३ जेठ । सूर्यबिनायक नगरपालिका वडा नं. ६ मा एक खुला सदस्य बाहेक सबैमा काँग्रेस विजयी भएको छ । वडा नं. ६ मा काँग्रेसले वडा अध्यक्ष, एक सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा काँग्रेस विजयी भएका छन् भने एक खुला सदस्य जितेको छ ।
वडा अध्यक्षमा काँग्रेसका रामेश्वर ध्वजुले ५ सय ८ मतले जितेका छन् । उनको प्रतिद्वन्दी एमालेका कृष्णगोपाल त्वायनाले ३ सय ३४ माओवादी केन्द्रका राम सुन्दर सुवालले २ सय ५ मत पाएका छन् ।
त्यस्तै महिला वडा सदस्यमा रमा गौतम, दलित महिला सदस्यमा सरला विश्वकर्मा र राजेन्द्र त्वाटी विजयी भएका छन् । यस्तै एमालेका सुधाम केसीले खुला सदस्यमा विजयी भएका छन् ।
हालसम्म सूर्यबिनायक नगरको मेयरमा नेपाली काग्रेसका बिष्णुराज कार्कीले ७ हजार ३ सय ४६, उपमेयरमा एमालेकी जुना बस्नेतले ७ हजार ३ सय ८३ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । एमालेका बासुदेव थापाले ६ हजार ४ सय ८८ र काँग्रेसकी कल्पना राजथलाले ६ हजार २ सय ३ मत ल्याएका छन् । यस्तै, मेयरमा राप्रपाका मेयर प्रविण ढुंगेलले १ हजार ३ सय २४ र उपमेयरमा जयन्ती महतले १ हजार २ सय ७५ मत पाएका छन् ।