एसईईको नतिजा एसएमएसमार्फत सहज बनाउन Sparrow SMS र परीक्षा बोर्डबीच सम्झाैता
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईई विद्यार्थीहरुलाई एसईई २०७८/७९ को नतिजा हेर्नको लागि SMS सेवा उपलब्ध गराउन Sparrow SMS सँग सम्झौता गरेको छ । एसईई विद्यार्थीले SMS मार्फत एसईईको नतिजा हेर्न सक्नेछन् ।
Sparrow SMS आधिकारिक SMS सेवा प्रदायक हो र एक दशक देखि प्रत्येक वर्ष एसईईको नतिजा प्रकाशित गर्दै आएको छ। यो साझेदारीसँगै अब नेपालभरका एसईई विद्यार्थी र अभिभावकहरूले सजिलै र सहज रूपमा SMS मार्फत आफ्नो एसईई नतिजा हेर्न सक्नेछन्। विद्यार्थी र उनीहरूको नतिजा बीचको दूरी कम गर्ने उद्देश्यका साथ, Sparrow SMS ले परीक्षाको नतिजा सीधै मोबाइल फोनमा उपलब्ध गरौछ। विगत १० वर्षदेखि देशभरका विद्यार्थीहरूले यस सेवाबाट लाभान्वित हुँदै आएका छन्
जानकी टेक्नोलोजी (स्प्यारो एसएमएस) का मुख्य कार्यकारी अधिकारी, मनोज थापा भन्छन्,“केहि सेकेन्ड भित्र आफ्नो मिहिनेतको नतिजा थाहा पाउनु जो कोहीका लागि पनि उत्साहजनक र रोमाञ्चक अनुभव हो। Sparrow SMS लाखौं विद्यार्थीहरूसँग आफ्नो सेवा मार्फत् यी भावनाहरू साझा गर्न सक्षम भएकोमा गर्व गर्दछ। ‘
SEE (SLC) को नतिजा २०७८/२०७९ एसएमएस मार्फत कसरी हेर्ने ?
तपाईको SEE (SLC) को नतिजा २०७८/२०७९ को SMS मार्फत हेर्नको लागि निम्न चरणहरू पालना गर्नुहोस् :
1. आफ्नो मोबाइलको SMS बाकसमा जानुहोस्
2. नयाँ SMS लेख्नुहोस्
3. आफ्नो Symbol टाईप गरेर एउटा Space दिनुहोस्
4. 35001 मा SMS पठाउनुहोस्
प्रकाशित मितिः २०७९ साउन ०९ सोमबार