पछिल्लो २४ घन्टामा थप ३४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

भक्तपुर न्यूज

८ साउन २०७९ ११:२६

पछिल्लो २४ घन्टामा थप ३४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा थप ३४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ११ लाख २५ हजार ११४ पुगेको छ ।

विभिन्न प्रयोगशालामा ३ हजार ८८८ जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये २ हजार ३६० जनाको पीसीआर परीक्षण गर्दा ३ सय ३ र १ हजार ५२८ जनाको एन्टिजेन परीक्षण गर्दा ४४ जनामा कोरोना पुष्टि भएको छ। नेपालमा हाल ३ हजार १७७ जना सक्रिय संक्रमित छन्।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५६ पुगेको छ । आज थप ९५ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८.५ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६८ हजार ४८९ पुगेको छ ।

प्रकाशित मितिः २०७९ साउन ८ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय