‘द डार्क नाइट’ ५० वर्षयताकै सर्वोत्कृष्ट सुपरहिरो फिल्म घोषित

भक्तपुर न्यूज

५ साउन २०७९ ९:०१

‘द डार्क नाइट’ ५० वर्षयताकै सर्वोत्कृष्ट सुपरहिरो फिल्म घोषित

काठमाडौं । फिल्म ‘द डार्क नाइट’ को चर्चा बेलाबखतमा हुने गर्छ। यो सुपरहिरो फिल्मले धेरै दर्शकको मन जितेको छ। सन् २००८ मा रिलिज भएको क्रिस्टोफर नोलन निर्देशित हलिउड फिल्म ‘द डार्क नाइट’ ले आफ्नै छुटै दर्शक बनाएको छ ।

प्रतिष्ठित हलिउड म्यागजिन भेराइटीले बुधबार सार्वजनिक गरेको सूचीमा फिल्म ‘द डार्क नाइट’ ५० वर्षयताकै नम्बर वान सुपरहिरो फिल्म घोषित भएको छ ।

यस्तै, दोस्रो स्थानमा सन् १९९२ मा रिलिज भएको ‘मिचेल पाइफर : ब्याटम्यान रिटर्न्स’ छ । तेस्रो स्थानमा सन् २०१८ मा रिलिज भएको ‘ब्ल्याक प्यान्थर’ छ र यसमा माइकल बी जोर्डनको भूमिकालाई यो स्थानमा राखिएको छ । चौथो स्थानमा सन् १९७८ को ‘सुपरम्यान’ (क्रिस्टोफर रिभ), पाँचौँमा जोकर (ज्याक्विन फिनिक्स), छैटौंमा स्पाइडरम्यान २ (अल्फ्रेड मोलिना), सातौँमा लोगन (हग ज्याकम्यान), आठौँमा डेडपुल (रायन रिनोल्ड्स), नवौँमा चाडविक बोसम्यान (ब्ल्याक प्यान्थर) र दसौँमा एभेन्जर्स : एन्डगेम (क्रिस इभान्स) छन् ।

प्रकाशित मितिः २०७९ साउन ०५ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय