सम्पत्ति शुद्धीकरण मुद्दामा सोनिया गान्धीमाथि सोधपुछ

भक्तपुर न्यूज

५ साउन २०७९ ८:४३

सम्पत्ति शुद्धीकरण मुद्दामा सोनिया गान्धीमाथि सोधपुछ

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस अध्यक्ष सोनिया गान्धी आज बिहीबार प्रवर्तन निर्देशनालय ‘ईडी’मा उपस्थित हुने भएकी छिन्।

नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोधपुछको लागि नेतृ सोनिया दिल्लीको प्रवर्तन निर्देशनालय ईडी मुख्यालयमा जाँदैछिन्।

निर्देशनालयमा उनको सोधपुछलाई लिएर कंग्रेस कार्यकर्ताले विरोध गर्दै आएका छन्।

यसअघि सोही मुद्दामा राहुल गान्धी पटक पटक इडीमा उपस्थित भएका थिए। उनलाई त्यहाँ घन्टौंसम्म सोधपुछ गरिएको थियो।

यसअघि सोनियालाई राहुलसँगै सोधपुछ गर्ने तयारी गरिएको थियो। तर, उक्त समयमा सोनियालाई बिरामी भएर अस्तपाल भर्ना गरिएको थियो।

कोभिडबाट भर्ना भएपछि उनी अस्पताल भर्ना भएकी थिइन्। एजेन्सी

प्रकाशित मितिः २०७९ साउन ०५ बिहीबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय