क्रिप्टोकरेन्सीबाट हात झिक्दै टेस्ला, बेच्यो ७५ प्रतिशत बिटक्वाइन

भक्तपुर न्यूज

५ साउन २०७९ ७:२७

क्रिप्टोकरेन्सीबाट हात झिक्दै टेस्ला, बेच्यो ७५ प्रतिशत बिटक्वाइन

काठमाडौं । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले आफूसँग रहेको अधिकांश बिटक्वाइन बिक्री गरेको छ। कम्पनीले आफूसँग रहेको ७५ प्रतिशत बिटक्वाइन बिक्री गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सन् २०२१ को अन्त्यमा यसको मूल्य दुई अर्ब अमेरिकी डलरबराबर रहेको बताइएको छ।

यस वर्ष मात्रै क्रिप्टोकरेन्सीको मूल्यमा ५० प्रतिशतभन्दा धेरैले गिरावट आएपछि टेस्ला क्रिप्टोकरेन्सीबाट टाढिएको हो। बिटक्वाइनको माइनिङमा खर्च हुने ऊर्जालाई कारण देखाउँदै टेस्लाले गत वर्ष नै बिटक्वाइन भुक्तानी स्वीकार नगर्ने जनाएको थियो। यद्यपि, कम्पनीका सिइओ एलन मस्कले कम्पनीसँग रहेको बिटक्वाइन बिक्री नगर्ने घोषणा गरेसँगै यसको मूल्यमा भएको गिरावट रोकिएको थियो।

मस्क क्रिप्टोकरेन्सी कारोबार गर्नेहरूमध्ये एक प्रभावशाली व्यक्ति मानिन्छन्। सामाजिक सञ्जालमा उनले लेख्ने स्ट्याटसहरूलेसमेत क्रिप्टोकरेन्सीको मूल्यमा ठूलो असर गर्ने गरेको छ। गत वर्षको फेब्रुअरीमा टेस्लासँग बिटक्वाइनमा डेढ अर्ब अमेरिकी डलरबराबरको लगानी रहेको सार्वजनिक भएपछि यसको माग ह्वात्तै बढेको थियो। त्यस समयमा झन्डै ७० हजार डलर पुगेको एक बिटक्वाइनको मूल्य अहिले करिब २३ हजार डलर छ।

प्रकाशित मितिः २०७९ साउन ०५ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय