दाहाल प्रधानमन्त्री बन्नका लागि देश विदेश दौडाहामा निस्केको पोखरेल आरोप
काडमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नका लागि देश र विदेश दौडाहामा निस्केको आरोप लगाएका छन् ।
महासचिव पोखरेलले १२ प्रतिशत जनमतलाई समेत प्रभावित पार्न नसक्ने दाहालले प्रधानमन्त्री बन्ने प्रयास गर्नु लोकतन्त्रका लागि लज्जाको विषय भएको टिप्पणी गरेका हुन् ।
काठमाडौंमा प्रेस चौतारी नेपालद्वारा आयोजित अनलाइन समाचार माध्यमका सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
प्रकाशित मितिः २०७९ साउन ०४ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
