सर्वियाका टेनिस खेलाडी जोकोभिचलाई युएस ओपन खेल्न दिन माग

भक्तपुर न्यूज

४ साउन २०७९ ८:०१

सर्वियाका टेनिस खेलाडी जोकोभिचलाई युएस ओपन खेल्न दिन माग

काठमाडौं । सर्वियाका टेनिस खेलाडी नोभाक जोकोभिचलाई युएस ओपन टेनिस खेल्न दिनका लागि करिब १२ हजार मानिसले अनलाइनमार्फत माग गरेका छन् । जोकोभिचले कोभिडविरुद्धको खोप नलगाउने भएपछि उनले युएस ओपन पनि गुमाउने सम्भावना बढेको छ ।

अमेरिकाको यात्रा गर्ने विदेशी नागरिकले अनिवार्य खोप लगाउनु पर्ने प्रावधान रहेको छ । तर करिब १२ हजार मानिसले ुअनलाइन पेटिसन साइनु गर्दै अमेरिकी टेनिस एसोसिएसनलाई सरकारसँग छलफल गरेर जोकोभिचलाई युएस ओपनमा सहभागीता गराउनुपर्ने माग गरेको रोयटर्सले जनाएको छ ।

२१ पटकका ग्रान्ड स्लाम विजेता जोकोभिचले खोप नलगाएका कारण अष्ट्रेलियन ओपन गुमाएका थिए । तर उनले फ्रेन्च ओपन तथा विम्बल्डन भने खेलेका थिए ।

प्रकाशित मितिः २०७९ साउन ०४ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय