अमेरिकाको लस भेगसमा जहाज दुर्घटना हुँदा चार जनाको मृत्यु

भक्तपुर न्यूज

२ साउन २०७९ १०:४८

अमेरिकाको लस भेगसमा जहाज दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौं । अमेरिकाको लस भेगसमा जहाज दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । लस भेगसको दक्षिणी क्षेत्रमा रहेको विमानस्थलनमा स्थानीय समयानुसार आइतबार मध्यान्ह १२ बजे दुई जहाज आपसमा ठोक्किएर दुर्घटना भएको बताइएको छ।

सिबिएसन्युजका अनुसार पाइपर पिए-४६ कलसाइन भएको जहाज र सेस्ना-१७२ जहाज आपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनापछि पिए-४६ जहाज धावन मार्गमा बजारिएको थियो भने सेस्ना १७२ नजिकैको पोखरीमा खसेको थियो।

दुबै जहाजमा दुई-दुई जना सवार थिए। दुर्घटनाको विषयमा उड्डयन प्राधिकरणले अनुसन्धान गरिरहेको छ। एजेन्सी

प्रकाशित मितिः २०७९ साउन ०२ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय