भरतपुरमा रेणुको अग्रता
चितवन । भरतपुर महानगरको जारी मत गणनामा माओवादीका उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् । रेणुले झिनो अग्रता लिएकी हुन् । पछिल्लो मत परिणाम अनुसार उनले ११ हजार ९८५ मत पाएकी छन् भने एमालेका उम्मेदवार देवी ज्ञवालीले ११ हजार ९०२ मत पाएका छन् ।
भरतपुरको मेयरमा कांग्रेसले रेणुलाई नै समर्थन गरेको थियो । तर, सुरुवाती अग्रता देवीले लिएका थिए । यो बीचमा एक पटक रेणुले अग्रता लिइन् । बाँकी अधिकांश समय देवीले नै अग्रता लिएका थिए । तर, शुक्रबार फेरि रेणु अगाडि देखिएकी छन् । भरतपुरको वडा नम्बर ६ को मतले रेणुलाई अग्रता दिलाएकी हुन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ असार २०८२ ११:३६
आज सुन तोलामा दुई हजार रुपैयाँ घट्यो
३ असार २०८२ ११:३७
वर्षायाममा पनि मेलम्चीको पानी नियमित वितरण गरिने
३ असार २०८२ ११:२९
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
३ असार २०८२ ११:३८
नेपाल–भारत नाका जमुनाहामा एक जनामा सङ्क्रमण पुष्टि
३ असार २०८२ ११:३७