भारत भ्रमणमा रहेका प्रचण्ड आज स्वदेश फर्किँदै

भक्तपुर न्यूज

१ साउन २०७९ ४:१२

भारत भ्रमणमा रहेका प्रचण्ड आज स्वदेश फर्किँदै

काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आइतबार स्वदेश फर्किँदै छन्।

तीनदिने भारत भ्रमणका लागि दिल्ली पुगेका उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर आजै स्वदेश फर्किँन लागेका हुन्।

भारतीय सत्तारूढ पार्टी भाजपाका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा प्रचण्ड शुक्रबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका थिए।

उनले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए। त्यस्तै, भारतस्थित आफ्नो पार्टीका नेता कार्यकर्तासँग पनि भेट गरेका थिए।

प्रचण्डले उपचारका लागि केही दिनअघि भारत पुगेकी प्रधानमन्त्रीपत्नि आरजू राणा देउवासँग पनि भेटवार्ता गरेका थिए।

प्रकाशित मितिः २०७९ साउन १ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय