प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठक सुरु

भक्तपुर न्यूज

३१ असार २०७९ ९:५०

प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठक सुरु

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठक सुरु भएको छ । शुक्रबार बसेको पहिलो बैठकले नेपाल नागरिकता (पहिले संशोधन) विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो ।

यसपछि फेरि शुक्रबार नै बसेको दोस्रो बैठक जारी छ । उक्त बैठक सभामुख चयन प्रक्रियामा प्रवेश गरेको छ । गठबन्धनका तर्फबाट उपसभामुख उम्मेदवार पुष्पा भुसाल गौतमको नाम प्रस्ताव गरिएको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले पुष्पाको नाम प्रस्ताव गरेका हुन् । एमालेबाट विद्या भट्टराई उपसभामुखको उम्मेदवार बनेकी छन् । भट्टराईलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव शान्ता चौधरीले राखिरहेकी छन् ।

प्रकाशित मितिः २०७९ असार ३१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय