कान्तिपुर टेलिभिजनले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने

भक्तपुर न्यूज

३१ असार २०७९ ३:११

कान्तिपुर टेलिभिजनले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने

काठमाडौं । कान्तिपुर टेलिभिजनले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ।

कान्तिपुर टेलिभिजन २०औँ वर्ष प्रवेशका अवसरमा बिहीबार आयोजित विशेष समारोहमा अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले छिट्टै आइपिओ जारी हुने जानकारी दिएका हुन्।

सेयर निष्कासनका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धकसमेत तोकिएको छ । समारोहमा अध्यक्ष सिरोहिया र सानिमाका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले सेयर निष्कासन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे।

१९ वर्षसम्म मिहिनेत गरेर दर्शकको विश्वास जितेको र सफलतामा आगामी दिनमा सर्वसाधारण लगानीकर्तासँग साझेदारी गर्न टेलिभिजनलाई पब्लिक लिमिटेड बनाइएको उनले बताए।

प्रकाशित मितिः २०७९ असार ३१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय