‘प्रचण्ड’ आज तीनदिने भारत भ्रमणमा जाँदै
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तीनदिने भारत भ्रमणमा जाँदै छन्।
भारतीय जनता पार्टी ९भाजपा०का अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा प्रचण्ड भारत भ्रमणमा जान लागेका अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। दुई महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले अध्यक्ष दाहाललाई भेटी उपयुक्त समयमा भारत भ्रमणको निम्तो दिएका थिए।
अध्यक्ष दाहालको भ्रमणका बारेमा बिहीबार साँझ बसेको पार्टीको स्थायी समिति बैठकमा छलफल भएको थियो।
बैठकले अध्यक्ष दाहालको भ्रमणले नेपाल-भारतबीचको आपसी सम्बन्धलाई थप सुदृढ गर्न मद्दत मिल्ने निष्कर्ष निकालेको थियो। दाहाल आगामी साउन १ गते स्वदेश फर्कनेछन्।
प्रकाशित मितिः २०७९ असार ३१ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
