स्कटल्याण्डले नामिबियालाई हरायो

भक्तपुर न्यूज

३१ असार २०७९ २:५०

स्कटल्याण्डले नामिबियालाई हरायो

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा घरेलु टोली स्कटल्याण्डले नामिबियालाई हराएको छ ।

बिहीबार राति भएको खेलमा स्कटल्याण्डले नामिबियालाई ३ विकेटले पराजित गरेको हो । नामिबियाले दिएको २ सय १६ रनको लक्ष्य स्कटल्याण्डले ४८ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।

घरेलु टोलीका लागि कलुम म्याकडोनेल्ट र क्रिस ग्रेभिसले अर्धशतकीय इनिङ खेले । म्याकडोनेल्टले ५९ रन बनाए । क्रिसले अविजित रहदै ५३ रन बनाए । शफियान सरिफले अविजित रहदै ४० तथा म्याथ्यु क्रसले २९ रन बनाए ।

नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले ३ तथा बेन सिकेन्गो,जान फ्रायलिक र डेबिड विजले समान १र१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय १५ रन बनाएको थियो ।

नामिबियाका जान फ्रायलिक र ग्रेहार्ड इयरमोर्सले अर्धशतकीय इनिङ खेले । फ्रायलिकले अविजित रहदै ६० रन बनाए । कप्तान इयरमोर्सले ५६ रन बनाए । जेजे स्मिथले २६ तथा डिवान ला ककले २३ रन बनाए । घरेलु टोलीका लागि हम्जा ताहिर र गाभिन मेनले समान ३र३ विकेट लिए ।

जितसँगै स्कटल्याण्डले २३ खेलबाट ३२ अंक जोडेको छ । स्कटल्याण्ड अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । नामिबिया १७ खेलबाट १६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । एजेन्सी

प्रकाशित मितिः २०७९ असार ३१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय