देउवालाई पार्टीभित्र गठबन्धन गरेर अघि बढ्न सुझाव

भक्तपुर न्यूज

३० असार २०७९ १५:४०

देउवालाई पार्टीभित्र गठबन्धन गरेर अघि बढ्न सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीभित्र गठबन्धन गरेर अघि बढ्न सुझाव दिए ।

बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै नेता निधिले सरकार निर्माण र सरकार सञ्चालनको लागि गठबन्धन आवश्यक रहेको भए पनि पार्टीमा पनि गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको बताए

नेता निधिले आगामी प्रदेश र संघको निर्वाचनमा कांग्रेसलाई बुहमतको पार्टी बनाउनुपर्नेमा जोड दिँदै स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि भएका नेताहरूलाई पनि पार्टी सभापतिले अबका दिनमा समेटेर जानुपर्ने बताए ।

प्रकाशित मितिः २०७९ असार ३० बिहीबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय