मानव तस्करी मुद्दामा दोषी ठहर चर्चित पञ्जाबी गायक दलेर मेहन्दी पक्राउ

भक्तपुर न्यूज

३० असार २०७९ १५:३४

मानव तस्करी मुद्दामा दोषी ठहर चर्चित पञ्जाबी गायक दलेर मेहन्दी पक्राउ

काठमाडौं । मानव तस्करी मुद्दामा दोषी ठहर भारतका चर्चित पञ्जाबी गायक दलेर मेहन्दी पक्राउ परेका छन् । पञ्जाब राज्यको पटियालामा रहेको अदालतले दुई वर्ष कारावासको सजाय सदर गरेसँगै उनी पक्राउ परेका हुन् ।

उनीमाथि मोटो रकम लिएर मानिसहरुलाई अवैध ढंगले अमेरिका र क्यानाडा लगयातका मुलुक पुर्‍याएको अभियोग लागेको थियो । उनले मानिसहरुसँग औसत १२ लाख भारतीय रुपैयाँ लिएको अभियोग लागेको थियो ।

उनलाई सोही अदालतले सन् २००३ मा दोषी ठहर गरेको थियो । यद्यपि यस मुद्दा सन् २०१८ यता पुनरावेदनमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी जमानतमा रिहा भएका थिए ।

यद्यपि अदालतको पछिल्लो आदेशसँगै उनलाई पुनः पक्राउ गरिएको भारतीय समाचार च्यानल टाइम्स नाउको अनलाइन संस्करणले जनाएको छ ।

उनलाई भारतीय अपराध संहिता आइपीसीको धारा ४०६, १२० बी, ४६५, ४६८, ४७१ र भारतीय राहदानी ऐन अनुसार सजाय सुनाइएको अदालतलाई उद्धृत गर्दै टाइम्स नाउले जनाएको छ ।

विदेशी कार्यक्रममा नृत्य टोलीमा सहभागी गराई उनी र उनका दाजु शमसेर सिंहले मानिसहरुलाई विदेश लैजाने गरेका थिए । हाल उनको दाजुको मृत्यु भइसकेको छ । उनीहरुविरुद्ध ३५ वटा उजुरी परेको जनाइएको छ । एजेन्सी

प्रकाशित मितिः २०७९ असार ३० बिहीबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय